प्रदेश नंं ५ः सूचना टाँस गरी बैठक स्थगित

27 June, 2018 10:39 | प्रदेश , प्रदेश ५ | comments | 22500 Views

प्रदेश नंं ५ प्रदेशसभाको मंगलबार बस्ने भनिएकोे बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ ।

सरकारले सहमतिअनुसार बजेटमा विपक्षीका भावना नसमेटिएको भन्दै बैठक चल्न नदिने बताएपछि मंगलबार बस्ने भनिएकोे बैठक सूचना टाँस गरेर स्थगन गरिएको हो ।

adsads

विपक्षी दल नेपाली काँग्रेसले सहमतिअनुसारका विषय विनियोजन विधेयकमा नसमेटिएको भन्दै बैठक चल्न नदिने भनेपछि आज अपराह्न १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मका लागि सूचना टाँस गरी स्थगन गरिएको थियो । त्यसपछि पुनः ४ः१५ बजे अर्को सूचना टाँस गरी बुधबार मध्याह्न १२ बजेसम्मका लागि बैठक स्थगन गरिएको थियो ।

बजेट समावेशी र सन्तुलित नभएको भन्दै काँग्रेसले असार ४ गतेको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको थियो ।

विपक्षीले बैठक अवरुद्ध गरेपछि आर्थिक मामिला तथा योजनामन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले विनियोजन विधेयक आउँदा प्रतिपक्ष दलले उठाएका विषय पनि समेटिने आश्वासन दिएपछि असार ५ गतेको प्रदेशसभा बैठक शुरु भएको थियो ।

आफूहरुले उठाएका विषय विनियोजन विधयेकमा समावेश नभएको र मुख्यमन्त्रीले दिनुभएको आश्वासन नसमेटिएकाले आजको बैठक चल्न नदिने जानकारी सभामुखलाई दिएको काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जानकारी दिनुभयो ।

काँग्रेसले बैठक अवरुद्ध पार्ने संकेत दिएपछि सभामुख पूर्णबहादुर घर्तीको पहलमा मुख्यमन्त्री पोखरेल, काँग्रेस नेता शर्मालगायतका सत्तापक्ष र प्रतिपक्षका नेताबीच छलफल भए पनि सहमति नहुँदा बैठक बुधबार मध्याह्नसम्मका लागि स्थगन गरिएको हो ।

प्रदेश नंं ५ः पर्यटन र कृषिको केन्द्र बनाइने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More