प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

3 August, 2018 10:35 | प्रदेश , प्रदेश १ | comments | 13800 Views

विराटनगर । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित बिहिबार प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।

adsads

खुम्बूवान राष्ट्रिय मोर्चा पार्टी नेपाल मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा बिहिबार ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग राखेको हो ।

मुक्ति मोचाका केन्द्रीय सह–सचिव राजुदेव राई, पार्टीका प्रवक्ता रडेन्द्र तीम्म्राहार, जिल्ला अध्यक्ष दिलाराम राईसहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयमार्फत मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै पार्टीका केन्द्रीय सह–सचिव राजुदेव राईले प्रदेशको राजधानी र नामाकंन तोक्न प्रदेश सरकारले ढिलाइ गरेको भन्दै जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामांकन राख्नुपर्ने बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More