प्रदेश नं २ को आर्थिक कार्यविधि पारित

29 March, 2018 14:02 | प्रदेश , प्रदेश २ | comments | 34200 Views

प्रदेश नं २ मा प्रदेशसभाबाट आर्थिक कार्यविधि (विधयेक) बुधबार पारित भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारका तर्फबाट सोमबार प्रदेशसभामा आर्थिक कार्यविधि (विधेयक) पेस गर्नुभएको थियो । प्रदेशसभामा सो विधेयक उपर मंगलबारदेखि चलेको छलफलबाट बुधबार प्रदेशसभा बैठकले पारित गरेको संघीय समाजवादी फोरमका प्रदेश सांसद कौशल यादवले जानकारी दिनुभयो । यससँगै अब प्रदेश सरकारले बजेट ल्याउने बाटो खुलेको छ ।

प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रदेश २ का मुख्य मन्त्रीद्वारा सय दिनको कार्ययोजना घोषणा(पूर्णपाठ सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More