प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट बाहिरिन्छौँः महासचिव सुमन

7 June, 2018 09:44 | प्रदेश , प्रदेश २ | comments | 16500 Views

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताउनुभएको छ ।

बुधबार आयोजित साक्षात्कारमा नेता सुमनले मधेश आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढी मात्रै भएकाले आफ्नो पार्टी सरकारबाट बाहिरिने स्पष्ट पार्नुभयो ।

adsads

पार्टीको राजनीतिक समितिको आगामी २५ गते बस्ने बैठकबाट प्रदेश नं २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “झुट बोल्नेलाई हामी समर्थन गर्दैनौँ, संविधान संशोधन गर्ने विषयमा पटकपटक विश्वास देखाएर झुट बोल्ने काम भयो, आगामी २५ गतेको बैठकबाट दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।”

उहाँले नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौं मत दिनुहोस् भनेर ढाँटेको आरोप लगाउनुभयो ।

राष्ट्रिय जनता पार्टी दल दर्ता गर्दै, नेतृत्वको विवाद कायमै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

चीनबाट मध्यम गतिको रेल ल्याउने सम्झाैता

फेसबुक

चीनबाट मध्यम गतिको रेल ल्याउने सम्झाैता

ट्वीटर

सामाजिक सञ्जाल

More