प्रदेश नं. २ प्रदेशसभा बैठक अबरुद्ध

27 July, 2018 09:56 | प्रदेश , प्रदेश २ | comments | 21450 Views

महेन्द्रनगर, धनुषा । अनशनरत प्राडा गोविन्द केसीको माग पूरा गर्नुपर्ने भन्दै नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले प्रदेश न.२ प्रदेशसभाको बिहिबारको बैठक अबरुद्ध गरेको छ ।

adsads

बैठक शुरु हुन नपाउँदै काँग्रेसका सचेतक उपेन्द्र कुशवाहाले डा केसीका माग पूरा नभएसम्म सभा चल्न नदिने भनेपछि काँग्रेसका सदस्यहरुले उठेर अवरोध गरेका थिए।

अवरोधपछि प्रदेशसभाको बैठक यही वैशाख १३ गते सम्मका लागि स्थगित भएको घोषणा सभामुख सरोज यादवले गर्नुभयो ।

यसअघि बैठकमा सभामुख यादबले प्रदेश प्रमुखको पत्र पढेर सुनाउनुभयो ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विपद् व्यवस्थापन गर्न बनेको विधेयक २०७५ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More