प्रदेश नं २ मा धार्मिक पर्यटकीय विकास प्राथमिकतामा

23 April, 2018 21:24 | प्रदेश , प्रदेश २ | comments | 91350 Views

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले धार्मिक पर्यटकीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनु्भएको छ ।

जानकी नवमीका अवसरमा रामायण सर्किटले जनकपुरधाममा आयोजना गरेको रामायण मेलाको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, “यो प्रदेश विकासको प्रमुख आधार धार्मिक पर्यटन रहेकाले यसको विकास तथा विस्तारका लागि सरकार प्रतिबद्ध छ ।

adsads

मुख्यमन्त्री राउतले जानकी मन्दिरलाई आधार बनाएर धार्मिक सर्किटको योजना सरकारले सार्वजनिक गरिसकेको उल्लेख गर्दै प्रदेशभित्र रहेको सबै धार्मिकस्थल तथा क्षेत्रलाई एउटै सर्किटमा जोडेर विकास गर्ने बताउनुभयो ।

भारत सरकारको पहलमा निर्माण हुन लागेको रामायण सर्किटले जनकपुर र अयोध्यालाई मात्र जोडेको बताउँदै उहाँले त्यसलाई विस्तार गरी भारतका अन्य धार्मिकस्थलसँग समेत जोडने योजना ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राउतले एतिहासिक तथा धार्मिक महत्वका जानकी मन्दिरको विकास र विश्वसम्पदा सूचीमा सूचीकृत गराउन प्रदेश सरकारले हर सम्भव प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मेलाको उद्घाटन प्रदेश नं. २ प्रमुख रत्नेश्वरलाल कायस्थ र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले संयुक्त रुपमा गर्नुभएको थियो । माता जानकीको जन्मोत्सवमा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणासमेत गरेको छ ।

प्रदेश नं २ को आर्थिक कार्यविधि पारित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More