प्रदेश नं ३ को बजेट विनियोजन प्रस्ताव टेबुल

15 May, 2018 19:14 | प्रदेश , प्रदेश ३ | comments | 72600 Views

प्रदेश नं ३ नं प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले २०७५।७६ का लागि बजेट विनियोजन कार्यविधिको सैद्धान्तिक पक्षको प्रस्ताव टेबुल गर्नुभएको छ ।

adsads

सो बजेटको सैद्धान्तिक पक्षमा यही जेठ ३ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व हुने गरीसदस्यलाई छलफलमा भाग लिन समय निर्धारण गरिएको छ ।

आजै बसेको पहिलो प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानबमोजिम प्रदेशसभाले पारित गरी पठाएका दुई विधेयकलाई प्रमाणीकरण गरेको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख कोइरालाले प्रमाणित गर्नुभएको विधेयकमा प्रदेशसभामा सञ्चित रहेको कोषसम्बन्धी खर्च गर्न बनेको विधेयक रस्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि सुविधासम्बन्धी विधेयक रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको बैठकले भक्तपुर–१ (क)बाट प्रदेशसभामा निर्वाचित सदस्य हरिशरण लामिछानेको सोमबार उपचारका क्रममा निधन भएकामा शोक व्यक्त गरेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More