प्रदेश नं. ३ : ‘पाँच वर्षसम्म कुनै कर नलिने’

29 May, 2018 10:20 | प्रदेश , प्रदेश ३ | comments | 28500 Views

रत्ननगर, चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।

adsads

नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा सोमबार सौराहामा आयोजित अन्र्तक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि सम्भव नहुने भएकाले प्रदेशको ध्यान यसतर्फ केन्द्रीत भएको छ ।”

मुख्यमन्त्री पौडेलले आगामी वर्ष ‘उद्योग वर्ष’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार अघि बढेको चर्चागर्दै “यो वर्ष हाम्रो प्रदेशले ‘उद्योग वर्ष’ भनेर घोषणा गर्दैछ, यो वर्ष दर्ता गर्ने उद्योगलाई हामी पाँच वर्ष कुनैपनि कर लिदैँनौँ, त्यो नीति अहिले लिएका छौँ,” भन्नुभयो ।

अहिले उद्योग दर्ता गर्न झन्झट रहेको औल्याउँदै उहाँले अब एउटै ढोकाबाट पसेपछि सबै काम सम्पन्न हुने गरी नीति ल्याउन लागेको जानकारी दिनुभयो ।

प्रदेश नं ३ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दावादोर्जे लामाले अब मुलुक बनाउने लडाईँ शुरु भएको भन्दै राजनीतिक लडाईँ सकिएको दाबी गर्नुभयो ।

कार्यक्रममा चितवनको विकास र चुनौतीका विषयमा कपिल सुवेदी, शिक्षाको विषयमा रामकुमार तिवारी, कृषिको विषयमा भीमनारायण श्रेष्ठ, पर्यटनको विषयमा योगेन्द्रनाथ अधिकारी र स्वास्थ्यका विषयमा विश्णुप्रसाद शर्माले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश नं. ३ द्वारा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया शुरु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

आमा छोरी

फेसबुक

आमा छोरी

ट्वीटर

सामाजिक सञ्जाल

More