प्रदेश नं ३ ले मर्यादाक्रमको टुङ्गो लगायो

13 April, 2018 09:33 | प्रदेश ३ | comments | 13350 Views

प्रदेश नं ३ सरकारले प्रदेशसभा सदस्यको मर्यादाक्रमको टुङ्गो लगाएको छ । बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रतिनिधसभा, राष्ट्रियसभापछि मर्यादाक्रममा प्रदेशसभा रहने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्यको मर्यादाक्रमका विषयमा प्रदेशसभा सदस्यले संसद्मा प्रस्तावित विधेयकमा सहमति नजुटाएको अवस्थामा मन्त्रिपरिषद्को बैठकले यसको टुंगो लगाएको हो ।

त्यस्तै बैठकले प्रदेशसभा सचिवको योग्यता, काम कर्तव्य अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ को मस्यौदा विधेयक स्वीकृत गरेको छ । बैठकले सवारी साधन खरिद सम्बन्धमा मापदण्ड निर्धारण, २०७४ र सञ्चित कोष कार्यविधि स्वीकृत गरेको छ ।

यसैगरी आकस्मिक कोष, २०७४ मस्यौदा गर्न अवधारणा पत्र स्वीकृत गरेको सरकारका प्रवक्ता ढुंगेलले जानकारी दिनुभयो । बैठकले विनियोजित ऐन, २०७४ सम्बन्धी विधेयकको मस्यौदा गर्न सोसम्बन्धी अवधारणा पत्र र प्रादेशिक दुग्ध विकास बोर्ड ऐन, २०७४ स्वीकृत गरेको छ ।

प्रदेश ५ को प्रदेशसभाले बनायो आर्थिक कार्यविधि ऐन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More