प्रदेश नं ३ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

24 April, 2018 20:25 | प्रदेश , प्रदेश ३ | comments | 55350 Views

प्रदेश नं ३ को मन्त्रिपरिषद्ले आफ्नो नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ । मंगलबार प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

adsads

निजी तथा कार्यक्रममा संविधानसभाले सर्वाधिक लोकतान्त्रिक विधिबाट २०७२ असोज ३ गते जारी गरेको प्रगतिशील र लोकतान्त्रिक संविधनले सबैखाले राजनीतिक संक्रमणको अन्त्य गरी जननिर्वाचित प्रतिनिधिहरुको अगुवाइमा विकास, स्थिरता र समृद्धिको मार्ग खुल्ला गरेको उल्लेख छ ।

प्रदेश प्रमुख कोइरालाले देश स्थायित्व, समृद्धि, तीव्र विकास र आपसी एकताको वृद्धिको चरणमा प्रवेश गरेको र अब समतामूलक, समाजवादउन्मुख, पूर्ण लोकतान्त्रिक दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस प्रदेशमा सुरुङमार्गमार्फत छोटो दूरीको पहुँच र एक जिल्ला एक विशिष्टीकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ शहरहरुको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेका बस्तीको स्थानान्तरण, वैज्ञानिक भू–उपयोग नीतिअनुसार भूमिको व्यवस्थापन गर्ने कार्यक्रमलाई सरकारले दृढतासाथ कार्यान्वयन गर्ने, प्रदेशभित्र व्यापक रुपमा रोजगारीको अवसर सिर्जना गर्ने र उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको बताउनुभयो ।

प्रदेश नं ३ को नीति र कार्यक्रममा सडक यातायात, सञ्चार, ऊर्जा विकास र विस्तार, कृषि, पर्यटन, सेवा क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय र सर्वसुलभ शिक्षा र स्वास्थ्य, स्वच्छ खानेपानी, उद्योग र व्यापारको समुचित विकासलगायत दिगो विकास लक्ष्य ताकिएका छन् ।

प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणि पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा टेबल गर्नुभएको थियो । सभासद् रामेश्वर फुयाँलले सरकारका तर्फबाट नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएकामा प्रदेश प्रमुख कोइरालालाई धन्यवाद दिनुभएको थियो ।

प्रदेश ३ का सांसदको पोषाक कालो कोट र सेतो दौरा सुरुवाल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पदयात्री

फेसबुक

पदयात्री

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!