प्रदेश नं ४ को नाम ‘तमुवान–मगरात’ गर्न जाजातिको माग

5 July, 2018 21:29 | प्रदेश , प्रदेश ४ | comments | 12600 Views

बुधबार प्रदेश नं ४ सरकारको नेतृत्व गरेको नेकपा संसदीय दलको बैठकले सो प्रदेशको नाम गण्डकी राख्ने सर्वसम्मत निर्णय गरेपछि विभिन्न आदिवासी जाजाति संगठनहरुले बिरोध गरेका छन् ।

आदिवासी जनजातिका सात संस्थाले बिहिबार संयुक्त प्रेस विज्ञप्तिमार्फत त्यस प्रदेशमा ‘तमुवान–मगरात’को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी ‘गण्डकी’ प्रदेश नामकरण गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

adsads

त्यस्तो निर्णय भए ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी युद्ध, विभिन्न पहिचानका आन्दोलन र सरकारसँग विगतमा भएका सहमति, सम्झौताको मूलमर्म र भावना विपरीत हुने ठहर गरिएको छ ।

आदिवासी जनजाति आन्दोलनको प्रमुख मुद्दा नै पहिचान र अधिकार भएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ, नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर, नेवाः देय् दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बू र नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो जनाइएको छ ।

विज्ञप्तिमा प्रदेश नं ४ को नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी ‘तमुवान–मगरात’ नामकरण गर्न प्रदेश संसद् र सरकारलाई अपिल गरिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More