बजेट

  • बजेट
  • बजेट
  • बजेट
  • बजेट
  • बजेट
  • बजेट

प्रदेश नं ५ को बजेट तथा योजनामा अन्तरक्रिया

10 May, 2018 10:56 | प्रदेश , प्रदेश ५ | comments | 20700 Views

बजेट

प्रदेश नं ५ सरकारको आवधिक योजना निर्माण र आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट तर्जुमासम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार नेपालगञ्जमा आयोजना गरियो ।

कार्यक्रममा सहभागी व्यापारी, जनप्रतिनिधि र सरोकारवालाले प्रदेश सरकारको आगामी आवको बजेट र योजना उद्योग, व्यापार तथा विकासमुखी हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस अवसरमा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नेपालगन्जका उद्योगी, व्यापारी, जनप्रतिनिधि तथा सरोकारवाला पक्षका सुझावका आधारमा प्रदेश सरकारले बजेट तथा योजना निर्माण गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले प्रदेश नं ५ को विकास र आर्थिक समृद्धिका लागि आवश्यक स्रोतको खोजी र त्यसको उचित परिचालनलाई बजेट तथा योजनाको प्राथमिकतामा राखिने विश्वास पनि दिलाउनुभयो ।

“प्रदेश नंं ५ का उद्योगी, व्यापारी आर्थिक विकासका मेरुदण्ड हुन्, उनीहरुको हितका साथै जनताको समृद्धिका लागि आवश्यक कार्यक्रम बजेट तथा योजनामा समेटिनेछ”– मन्त्री पौडेलले भन्नुभयो ।

अन्तक्र्रिया कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले धेरै योजना बनाउनुभन्दा नेपालगञ्जका पाँचवटा ठूला पूर्वाधारका योजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिनुभयो ।

नेपालगञ्ज उद्योग वणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्ज पश्चिम नेपालको केन्द्र भएकाले प्रदेश नं ५ को राजधानी बनाउनु पर्ने माग गर्नुभयो ।

त्यस अवसरमा नेपालगञ्ज उद्योग वणिज्य संघले तयार पारेको ज्ञापनपत्र प्रवक्ता अभयकुमार बस्नेतले मन्त्री पौडेललाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रदेश नं ५ लाई नमूना प्रदेशका रुपमा विकास गर्ने : मुख्यमन्त्री पोखरेल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बजेट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!