प्रदेश नं ५ प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

10 August, 2018 10:30 | प्रदेश , प्रदेश ५ | comments | 7350 Views

बुटवल : प्रदेश नं ५ प्रदेशसभाको वर्षे अधिवेशन बिहिबारबाट अन्त्य भएको छ । प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको बिहिबारको बैठकमा पढेर सुनाउनुभएको थियो ।

adsads

यसअघि प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलले आउँदो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा स्थापित गर्न चाहेको उल्लेख गर्दै अधिवेशनका क्रममा निर्माण भएका विभिन्न समिति ‘मिनि संसद्’ भएको बताउनुभयो ।

उहाँले प्रदेशमा रहेका विभिन्न प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानलाई प्रदेश सरकारको मातहत ल्याइएको जानकारी दिँदै सडक डिभिजन कार्यालय प्रदेश मातहतमा नआएकाले पूर्वाधार विकास कार्यालयका रुपमा नयाँ कार्यालय गठन हुनेछ भन्नुभयो ।

मुख्यमन्त्री पोखरेलले राजस्वको दरमा एकरुपता ल्याउन स्थानीय तहका प्रमुखसँग छलफल गरिने बताउँदै भू–उपयोग नीति बनेपछि योजनाबद्ध विकासको थालनी गरिनेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य सन्तोष पाण्डे, अमरबहादुर डाँगी, डिल्लीबहादुर चौधरी, भोजप्रसाद श्रेष्ठ, रामजी घिमिरेलगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

दोस्रो अधिवेशनको बैठक २८ पटक बसेको थियो ।

स्थायी मुकाम सबैका लागि स्वीकार्य हुनुपर्छः मुख्यमन्त्री

प्रदेश नं ५ का स्थायी मुकाम तोक्ने र नामकरण गर्ने विषयमा १५ सदस्यीय एक समिति निर्माण भएको छ ।

सो समितिको सदस्यको नाम प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा पढेर सुनाउनु भएको थियो । उक्त समितिका सदस्यमा विष्णु पन्थी, चेतनारायण आचार्य, कल्पना पाण्डे, तारा जीसी, तुल्सीप्रसाद चौधरी, दिनेश पन्थी, दिपेन्द्रकुमार पुन र दिपेश थारु हुनुहुन्छ ।

त्यस्तै नारायणप्रसाद आचार्य, निर्मला क्षेत्री, भूवनेश्वर चौधरी, रमा अर्याल, वीरबहादुर राना, सरस्वती गौतम र सहसराम यादव पनि समितिका सदस्य हुनुहुन्छ ।

समिति गठनको घोषणापछि मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा सदस्यलाई धेरै सुन्ने र कम बोल्न आग्रह गर्दै निष्कर्षमा नपुग्दासम्म प्रतिवेदन सार्वजनिक नगर्न आग्रह गर्नुभयो ।

उहाँले जनतालाई विभाजित गरेर निष्कर्षमा पुग्ने कुरा हितकारी नहुने उल्लेख गर्दै स्थायी मुकाम तोक्दा सबैका लागि स्वीकार्य भएपछि साझा निष्कर्षमा पुग्न सकिन्छ भन्नुभयो ।

विषेशाधिकार समिति गठन

प्रदेश नं ५ प्रदेशसभाको बिहिबार बसेको बैठकले विषेशाधिकार समिति निर्माण गरेको छ । सो समितिमा रहनुभएका प्रदेशसभा सदस्यको नामावली सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाउनुभएको थियो ।

उक्त समितिमा अमरबहादुर डाँगी, अष्टभूजा पाठक, कमलराज श्रेष्ठ, कल्पना पाण्डे, तारा जिसी, तेजबहादुर ओली, पार्वती पुन, फखरुद्दिन खान, बावुराम गौतम, सन्तोषकुमार पाण्डे र हरिप्रसाद रिजाल हुनुहुन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More