प्रदेश नं ७ को नीति तथा कार्यक्रम माथिको छलफल शुरु

13 April, 2018 09:56 | प्रदेश ७ | comments | 13950 Views

प्रदेश नं ७ प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिने सत्ता पक्षका प्रदेशसभा सदस्यले प्रदेशको समृद्धिका लागि छुटेका विषय नीति तथा कार्यक्रममा समेट्न आग्रह गर्नु भएको छ ।

छलफलमा भाग लिने सत्तापक्षका सदस्यले नीति तथा कार्यक्रम समग्रमा सकारात्मक र प्रगतिशील रहेको भएपनि प्रदेशलाई समृद्धितर्फ लैजान समेट्नुपर्ने कतिपय विषय छुटेको, प्रदेशवासीमा तत्काल अनुभूति हुने खालका विषय नसमेटिएकाले त्यस्ता विषय समेट्न सुझाव राख्नुभयो ।

विपक्षी दलका सदस्यले नीति तथा कार्यक्रम पुरातन र परम्परागत शैलीमा आएको, समेट्नुपर्ने धेरै विषय नसमेटिएको र कार्यक्रम कार्यान्वयन हुनेमा शंका रहेपनि नीति तथा कार्यक्रमलाई सही रुपमा व्यवस्थापन गर्ने सवालमा सर्मथन र सहयोग रहने बताउनुभयो ।

विपक्षी दलका सदस्यले चुरे पहाड र वनजंगलको संरक्षण, विकराल समस्या बन्दै गएको नदी कटान र डुबान रोकथामका लागि केही उल्लेख नगरिएको, किसानको कृषि उपजको खरिदको व्यवस्थापन र कृषि, शिक्षा, स्वास्थ्यका क्षेत्रका ठोस योजना बनाई कार्यक्रममा समेट्नुपर्ने बताउनुभयो ।

सत्ता पक्ष र विपक्षी महिला सदस्यले प्रदेशमा व्याप्त लैङ्गिक हिंसा, छाउपडी, छूवाछूत हटाउन, अपाङ्गता भएका व्यक्ति, बादी, दलितलगायत सीमान्तकृत समुदायको हितका लागि नीति तथा कार्यक्रममा ठोस योजना ल्याउनुपर्ने सुझाव दिनुभयो ।

नेकपा (एमाले)का अर्चना गहतराज, अमरबहादुर साउँद, कुलवीर चौधरी, चुनकुमारी चौधरी, दुर्गाकुमारी कामी, नेपालु चौधरी, पूर्णा जोशी, प्रकाश रावल र बलबहादुर सोडारी, नेपाली काँग्रेसका उमाकुमारी बादी, कर्णबहादुर मल्ल, कुमारीनन्दा बम, टेकबहादुर रैकाआउजी, डिल्लीराज पन्त, दिव्यश्वरी शाह, देवराज पाठक, भरतबहादुर खड्का र रणबहादुर रावल, नेकपा (माओवादी केन्द्र)का कुन्ति जोशी, देवकी मल्ल थापा र नन्दबहादुर साउँद तथा राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले छलफलमा भाग लिनुभएको थियो ।

बैठकको प्रारम्भमा ७ नं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको चालु आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम टेबुल गर्नुभएको थियो । नीति तथा कार्यक्रमका प्रस्तावक एमालेका सदस्य तारालामा तामाङले ‘सरकारको नीति तथा कार्यक्रम माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्दा समर्थक माओवादी केन्द्रका सदस्य अक्कलबहादुर रावलले समर्थन गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेछ ।

भेनेजुयलाको सरकार र विपक्षी दलबीचको वार्ता बिफल, छलफल जारी रहने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More