प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको तयारी

13 December, 2017 23:50 | राजनीति | comments | 92850 Views

नेपाली कांग्रेसले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नु सरकारको दायित्व भएको बताएको छ । साथै, प्रधानमन्त्रीको राजीनामा मागेर होहल्ला नगर्न समेत वाम गठबन्धनका नेताहरुलाई आग्रह गरेको छ ।

सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने तयारी गरेको छ । तर, नयाँ सरकार गठनको तयारीमा रहेका एमाले र माओवादीका नेताहरुले यसमा असन्तुष्टि जनाएका छन् ।

कांग्रेस नेता बालकृष्ण खाँडले भने संवैधानिक व्यवस्था अनुसार सरकारले काम गर्नु पर्ने बताउँछन् । ‘अस्थायी मुकाम तोक्न गृहकार्य भइरहेको छ’, खाँडले अनलाइनखबरसँग भने, ‘समानुपातिकको नाम बुझाउन साथ २० मुख्यमन्त्रीको सपथ गराउनुपर्छ । यसका लागि प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नु सरकारको दायित्व हो ।’

राष्ट्रिय सभा गठन नभएसम्म केन्द्रमा सरकार बन्न नसक्ने दाबी गर्दै उनले प्रदेश प्रमुख तोकिने संकेत गरे । उनले भने, ‘यदि नयाँ बन्ने सरकारलाई उपयुत्त, लागेन भने नयाँ निर्णय गर्न सक्छ । तर, यो सरकारले आफ्नो संवैधानिक दायित्व पुरा गर्नुपर्छ ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाटोमा गृहकार्य गर्न सिकाउँदै

फेसबुक

बाटोमा गृहकार्य गर्न सिकाउँदै

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!