प्रदेश बैठकमा बलात्कारीलाई मृत्युदण्डको माग

27 March, 2018 20:34 | जन सरोकार , प्रदेश ३ | comments | 36300 Views

प्रदेश नं ३ को मंगलबार बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् । विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे।

नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिनु पर्न माग गरे । उनले भने “बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।”

उनले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरे । राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन सांसदहरुले आग्रह गरे ।

राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गरिन् । माझी र नेपाली काँग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More