प्रदेश २ को नीति तथा कार्यक्रम: सहुलियत ऋण

11 April, 2018 20:00 | प्रदेश २ | comments | 87900 Views

प्रदेश २ को सरकारले चालु आर्थिक वर्षको ४ महिनाका लागि नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

adsads
सरकारले कृषि, उद्योग तथा पर्यटनको विकासमा विशेष जोड दिँदै अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति लिएको छ ।

नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना तथा जनकपुर चुरोट कारखानको सञ्चालनका लागि संघीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

कृषिमा आधारित उद्योगको स्थापना गर्ने, सिँचाइका लागि सुनकोसी कमला डाइभर्सन र बागमती तथा नारायणी नदीको प्रयोग गर्नका लागि प्रदेश सरकारहरुसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका क्षेत्रको विकास, स्थानीय लोकनाच, लोकबाजा तथा परम्पराहरुको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि काम गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

माछा उत्पादनमा जोड दिनुको साथै स्थानीय फलफूलमा आधारित घरेलु तथा साना उद्योगको स्थापनाका लागि युवालाई सहुलियत दरमा ऋण प्रवाह गराई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने नीति प्रदेश सरकारले लिएको छ।

जनकपुर अञ्चल अस्पताल, राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पाल तथा नारायणी उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नुका साथै जानकी मेडिकल कलेज तथा नेसनल मेडिकल कलेजको स्तर सुधारका लागि अध्ययन समिति गठन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले वीरगन्ज– पथलैया, जलेश्वर–जनकपुर–ढल्केवर र रुपनी–राजविराज क्षेत्रलाई औद्योगिक करिडोरको रुपमा विकास गर्ने नीति लिइएको छ । प्राकृतिक विपत्ति तथा महामारीजन्य कारणबाट ज्यान गुमाउनेहरुका लागि उद्धार तथा पुनर्स्थापनाका लागि मुख्यमन्त्री उद्धार तथा पुनर्स्थापना कोषको स्थापना गरिने प्रदेश नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘बेटी पढाऔं र बेटी बचाऔं’ अभियानलाई सफल बनाउन प्रदेश सरकारले विभिन्न बिमा कम्पनीसँग साझेदारीमा छोरीहरुको शिक्षा बिमा नीति ल्याएर भ्रुण हत्या रोक्न कडा कानुन निर्माण गर्ने नीति पनि ल्याइएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरुको सफल कार्यान्वयनका लागि संघीय सरकारसँग सहयोगीको रुपमा भूमिका निर्वाह गरी द्रुत गतिमा कामकाज गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More