प्रदेश २ : प्रदेश प्रहरी ऐन पारित

15 June, 2018 10:03 | प्रदेश , प्रदेश २ | comments | 29700 Views

महेन्द्रनगर, धनुषा । प्रदेश नं २ को प्रदेश प्रहरी ऐन मन्त्री परिषद्बाट स्वीकृत भएको छ ।

adsads

केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी बिहिबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । मन्त्रिपरिषद्बाट ऐन पारित भएपछि प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश हुने बाटो खुलेको छ ।

ऐन एक दुई दिनभित्रै प्रदेशसभामा पेश हुने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशसभाबाट सो ऐन पास हुनेबित्तिकै प्रदेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने बाटो खुल्नेछ । त्यसैगरी इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल फित्रका अवसरमा प्रदेश सरकारले असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिनुभयो ।

प्रदेश २ः चुरे जोगाऔँ मधेश बचाऔँ अभियान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More