प्रदेश ३ मा कांग्रेस संसदीय दलको सचेतकमा राधा घले

28 March, 2018 21:32 | प्रदेश ३ | comments | 94200 Views

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेको छ ।

दलको बैठकले प्रमुख सचेतकमा राधा घलेलाई चयन गरेको हो ।

adsads
त्यस्तै, सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य-सचिवमा निमा लामा र अनुशासन समिति संयोजकमा विजुला बर्मालाई चयन गरिएको छ ।

बैठकले प्रदेशमा बन्ने ५ वटा विषयगत समितिमध्ये कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा दलको तर्फबाट न्हुच्छेनारायण श्रेष्ठको उम्मेदवारी दिने निर्णय गरेको सदस्य-सचिव निमा लामाले बताए ।

त्यस्तै, बैठकले हालै भएको यु-एस बाङ्ला एयरलाइन्सको विमान दुर्घटना हुँदा २२ नेपालीसहित ४९ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More