प्रदेश ४ को दुई विधेयक पारित प्रदेश ४ को दुई विधेयक पारित

  • प्रदेश ४ को दुई विधेयक पारित
  • प्रदेश ४ को दुई विधेयक पारित
  • प्रदेश ४ को दुई विधेयक पारित
  • प्रदेश ४ को दुई विधेयक पारित
  • प्रदेश ४ को दुई विधेयक पारित
  • प्रदेश ४ को दुई विधेयक पारित

प्रदेश ४ को दुई विधेयक पारित

7 April, 2018 10:43 | गण्डकी प्रदेश , प्रदेश | comments | 84750 Views

प्रदेश ४ को दुई विधेयक पारित

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिको प्रतिवेदनसहित पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसअघि विधेयकको सम्बन्धमा गरिएको छलफलमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा, दोबाटे विश्वकर्मा, पियारी थापा, मेखलाल श्रेष्ठ र दीपक कोइरालाले भाग लिनुभयो ।

adsads
छलफलका उठेका विषयमा बोल्दै मन्त्री चुमानले प्रदेशको कार्य सञ्चालनार्थ विधेयक आवश्यक भएको बताउनुभयो ।

त्यस्तै शुक्रबारको बैठकले मन्त्री चुमानले विधायन समितिको प्रतिवेदनसहित स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको बनेको विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई पनि सर्वसम्मत पारित गरेको छ ।

यसअघि विधेयक सम्बन्धमा गरिएको छलफलमा प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, सरिता गुरुङ र दीपक थापाले भाग लिनुभयो । छलफलका उठेका विषयमाथि बोल्दै मन्त्री चुमानले समयसापेक्ष र व्यावहारिक विधेयकका रुपमा यसलाई अघि सारिएको धारणा राख्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश ४ को दुई विधेयक पारित

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More