प्रदेश ४ को नीति तथा कार्यक्रम प्रस्तुत: समृद्धिका जोड

16 April, 2018 20:27 | गण्डकी प्रदेश | comments | 75300 Views

प्रदेश नम्बर ४ को सरकारले आफ्नो नीति तथा कार्यक्रम सोमबार ल्याएको छ । सरकार बनेको दुई महिनापछि आगामी असारसम्मका लागि नीति तथा कार्यक्रम संसदमा पेश भएको हो ।

adsads

आज  बसेको संसद बैठकमा ९५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । प्रदेश प्रमुख बाबुराम कुँवरले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले प्रदेश ४ को विकास र समृद्धिमा जोड दिएको छ ।

प्रदेश ४ को समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई नीति तथा कार्यक्रमले मुख्य आधार मानेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको थियो

प्राथमिकताका चार आधारसँगै खनिज, लोकसंस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य र खानेपानीसहितका विषयलाई पनि नीति तथा कार्यक्रममार्फत प्राथमिकता दिइएको छ ।

प्रदेश सरकारले जनतालाई सकारात्मक सन्देश दिन पनि नीति तथा कार्यक्रम ल्याएको हो । केन्द्रले दिएको एक अर्ब दुई करोड बजेटमा आधारित भएर नीति तथा कार्यक्रम ल्याइएको हो ।

नीति तथा कार्यक्रममा प्रदेश ४ मा ऊर्जाको प्रचुर सम्भावनालाई सदुपयोग गर्दै समृद्ध प्रदेशको कुरा समेटिएको छ । त्यसैगरी कृषिलाई उत्पादनमुलक र व्यावसायीकरण गर्दै उद्योगमार्फत रोजगारी बढाएर प्रदेशलाई अघि बढाउने नीति प्रदेश सरकारले लिएको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More