प्रदेश ४ को राजधानी पोखरा, नाम गण्डकी

5 July, 2018 14:40 | प्रदेश , प्रदेश ४ | comments | 10500 Views

देशको प्रमुख पर्यटकीय क्षेत्र अनि जलस्रोतको अपार स्रोत भएको प्रदेश नम्बर ४ को राजधानी पोखरा र नाम गण्डकी हुने निश्चित भएको छ ।

बुधबार प्रदेशको नाममा साझा धारणा बनाउन सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बसेको संसदीय दलको बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको निर्णय गरेसंगै नामको विषय पनि लगभग टुंगिएको हो ।

adsads

यसअघि सोमबारको प्रदेशसभा बैठकले पोखरालाई स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । बैठकले गण्डकी नाममा सर्वसम्मत् निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले बताउनुभयो ।

साविकको एमालेले प्रदेशसभाले गठन गरेको प्रदेश राजधानी तथा नामाकरण विषयक समितिलाई प्रदेशको नाम गण्डकी राख्न लिखित रुपमै दिएको थियो ।

नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले पनि सोही नाम सिफारिश गरेका थिए । तर साविककै माओवादी केन्द्रका तर्फबाट भने त्यस्तो कुनै नाम दिइएको थिएन ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपा संसदीय दलमा प्रदेशको नामका विषयमा फरकफरक धारणा आएको सार्वजनिक भएको थियो ।

अधिकांशले गण्डकी राख्नु पर्ने भनेका, केहीले जातिय पहिचानका आधारमा हुनुपर्ने र केहीले हिमालय राख्नुपर्ने भनेका थिए । प्रदेशको नामकै विषयमा समान धारणा बनाउन यसअघि तीन पटकसम्म नेकपा संसदीय दलको बैठक बसेको थियो । तर समान धारणा बन्न नसकेपछि मंगलबारको प्रदेशसभा बैठकै नबसी स्थगित हुन पुगेको थियो ।

प्रदेश ४ को स्थायी राजधानी पोखरा, नामको टुंगो दुई दिनमा लाग्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More