प्रदेश ४ को राजधानी पोखरा, नाम गण्डकी राख्न सिफारिश

5 June, 2018 11:19 | प्रदेश , प्रदेश ४ | comments | 21150 Views

संविधानले प्रदेशहरु विभाजन गरे पनि नाम तय गर्न नसकेपछि अब प्रदेशसभाले नै प्रदेशको नाम र राजधानी टुंगो लगाउन थालेका छन् । यसै क्रममा प्रदेश नं ४ को नाम गण्डकी र राजधानी पोखरा बनाउन सिफारिश गरेको छ ।

adsads

सो प्रदेशको सोमबार बसेको बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिश सहित आफ्नो प्रतिवेदन पेश गरेको छ ।

बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय समितिले सरोकार भएका दल, नागरिक समाज, उद्योग व्यवसायीलगायतसँग छलफल गरेको बताउनुभयो ।

छलफलका क्रममा ११ वटै जिल्लामा सुझाव संकलनका लागि पाँच वटा टोली परिचालन गरिएको थियो । छलफलमा प्रदेशको राजधानी पोखरा रहनुपर्छ भन्ने पक्षमा ७०५ ( ९३.८७ प्रतिशत), गोरखा हुनुपर्छ भन्ने पक्षमा ३० (३.९९ प्रतिशत) र अन्यका पक्षमा १६ (२.१३प्रतिशत) देखिएको थियो ।

जिल्लागत रुपमा ११ वटै जिल्लाको मत राजधानी पोखरा हुनुपर्छ भन्ने रहेको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको नामकरण सम्बन्धमा तमुवानका पक्षमा ३४६ (४५.४० प्रतिशत) मगरातका पक्षमा २६० (३४.१२ प्रतिशत), गोरखाका पक्षमा ७२ (९.४५ प्रतिशत) र धवलागिरिका पक्षमा २२ (२.८९ प्रतिशत) मत परेको थियो ।

दलगत रुपमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा प्रदेशको राजधानी पोखरा र नाम गण्डकी हुनुपर्ने पक्षमा रहेको उहाँले जानकारी दिनुभयो । नयाँ शक्ति पार्टीले प्रदेशको राजधानी पोखरा हुनुपर्ने र प्राथमिकताका आधारमा प्रदेशको नाम क्रमशः गण्डकी तमुवान, गण्डकी र अन्नपूर्ण रहनुपर्ने मत राखेको उहाँको भनाइ छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकलाई विधायन समितिमा पठाइयोस् भनी गर्नुभएको प्रस्ताव तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई विधायन समितिमा पठाइयोस् भनी गर्नुभएको प्रस्तावलाई सर्वसम्मत पारित भयो ।

बैठकमा आर्थिक मामिलामन्त्री गुरुङले प्रदेश आर्थिक कार्यविधि(पहिलो संशोधन) विधेयक २०७५ प्रस्तुत गर्नुभएकामा सभाले सर्वसम्मत पारित गरेको छ । सभामा भूमि व्यवस्था तथा कृषिमन्त्री लेखबहादुर थापाले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गर्नुभयो । अर्को बैठक यही जेठ २५ गते अपराह्न ४ बजे बस्नेछ ।

सम्भावना नै सम्भावनाको खानी प्रदेश नं ४

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

चीनबाट मध्यम गतिको रेल ल्याउने सम्झाैता

फेसबुक

चीनबाट मध्यम गतिको रेल ल्याउने सम्झाैता

ट्वीटर

सामाजिक सञ्जाल

More