प्रदेश ४ को स्थायी राजधानी पोखरा, नामको टुंगो दुई दिनमा लाग्ने

2 July, 2018 21:36 | प्रदेश , प्रदेश ४ | comments | 15300 Views

प्रदेश ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । अबको दुई दिन प्रदेशको नाममा छलफल गरी त्यसको पनि टुंगो लगाइने भएको छ ।

adsads

सो प्रदेशको प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।

प्रदेशसभामा उपस्थित ५२ जनाले नै पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिएका छन् । त्यसअघि छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए ।

केन्द्रीय सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो । प्रदेशको नाम भने तोकिएको छैन । मंगलबार र बुधबार प्रदेशको नामबारे छलफल गर्ने कार्यसूची छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More