Friday 26, May 2017
नेपाली समय: 01:43:12
जापानी समय: 04:58:12

प्रदेश ४ मा माओवादी कमजोरः ९२ मध्ये ५ वटामात्रै हातलागि

19 May, 2017

पहिलो चरणको स्थानीय दहको निर्वाचनमा चार ४ नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्र कमजोर देखिएको छ ।
एक महानगर सहित ९२ स्थानीय तह रहेको ४ नम्बर प्रदेशमा माओवादी केन्द्रले पाँच वटा गाउँपालिकामा मात्रै विजयी भएको छ । गोरखामा दुई, लमजुङमा एक, तनहुँ र बागलुङमा एक वटा स्थानमा मात्र माओवादीले जीत हासिल गरेको हो ।

माओवादीबाट विजयी हुनेमा गोरखाको शहिद लखन गाउँपालिकामा रमेश थापा र सुलीकोट गाउँपालिका विष्णु भट्ट विजयी भएका हुन् । त्यसैगरी, एमालेसँग गठबन्धन गरेको लमजुङमा पनि माओवादीले दोर्दी गाउँपालिकामा माओवादीका ओमबहादुर गुरुङ विजयी भएका छन् ।
तनहुँ बन्दीपुर गाउँपालिकामा माओवादीका पूर्णसिंह थापा र बागलुङको ताराखोला गाउँपालिकामा प्रकाश घर्ती विजयी भए ।

चार नम्बर प्रदेशमा लमजुङको राइनस नगरपालिका र कास्कीको पोखरा लेखथान महानगरपालिकाको मात्रै नतिजा आउन बाँकी छ । जसमा राइनसमा एमालेसँग गठबन्धन गरेको माओवादी उपमेयरमा अगाडि छ भने पोखरामा कांग्रेससँग गठबन्धन गरेकाले मेयरमा उमेदवार छैनन् ।

 

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo