प्रधानमन्त्रीको अनपेक्षित राजीनामापछि मालीमा नयाँ सरकार गठन

1 January, 2018 10:38 | विश्व समाचार | comments | 78300 Views

मालीमा राष्ट्रपतीय निर्वाचनको तयारी हुँदै गर्दा राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले पूरानो मन्त्रीमण्डलका ३६ सदस्यसहित नयाँ सरकारको घोषणा गर्नुभएको छ । मन्त्रीमण्डलले छ नयाँ अनुहार पाएको बताइएको छ ।

adsads

इश्लामिक जिहादी समूहको तर्फबाट खतरा महशुस गरेका केइटाले प्रधानमन्त्रीमा आफू निकट व्यक्तिलाई ल्याएका बताइएको छ । नयाँ प्रधानमन्त्रीमा सुमेलोउ बाउबेय माइगा चयन गरिएको छ । उहाँले रक्षामन्त्री रहेको समय सन् २०१४ मा मालीको सेनाले जिहादी विद्रोहीसँग नराम्रो पराजय ब्यहोरेपछि पदबाट राजिनामा दिनुभएको थियो ।

आइतबार घोषणा भएको मन्त्रीमण्डलमा व्यापक हेरफेर भएको बताइएको छ । मालीका प्रधानमन्त्रीबाट सुमेलोउ बाउबेय माइगाले गत शुक्रबार अनपेक्षित रूपमा राजिनामा दिनुभएको थियो । केही महिनापछि राष्ट्रपतिको निर्वाचन हुने तयारी भइरहेका समय प्रधानमन्त्री माइगाले कुनै कारण नखुलाई राजिनामा दिनुभएको थियो ।

प्रधानमन्त्रीको अनपेक्षित राजीनामापछि मालीमा नयाँ सरकार गठन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More