प्रधानमन्त्रीद्वारा नगरप्रमुख चौधरीको अवस्थाबारे जानकारी

18 March, 2018 10:18 | राजनीति | comments | 23400 Views

प्रधानमन्त्रीद्वारा नगरप्रमुख चौधरीको अवस्थाबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे शनिबार जानकारी लिनुभएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगी उहाँले नगरप्रमुख चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उक्त अवसरमा प्रधानमन्त्रीले चौधरीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिनुभयो । “उपचार खर्च सरकारले व्यहोर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँको उपचारमा कुनै पनि कसर बाँँकी नराखी उपचार गर्नुहोस् ।” सोही अवसरमा उहाँले चौधरीको घटनाबारे निष्पक्ष छानबिन हुने परिवारका सदस्यलाई बताउनुभयो । उहाँले घटनामा संलग्नलाई कानूनअनुसार कारवाही हुनेसमेत बताउनुभयो ।

चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेकपा (एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य डा राजन भट्टराईसमेत अस्पताल जानुभएको थियो ।

नगरप्रमुख चौधरीमाथि आक्रमण गरेको आशंकामा तीन पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More