ओली ओली

  • ओली
  • ओली

प्रधानमन्त्रीप्रति ओलीको आक्रोश : बम र ग्रिनेड पड्किँदा सरकार के हेरेर बसेको छ ?

21 November, 2017 12:40 | पत्रपत्रिका | comments | 21300 Views

केटाकेटीले गुलेली चलाएसरि बम र ग्रिनेड पड्किँदा सरकार के हेरेर बसेको छ ?

ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूमाथि शृंखलाबद्ध आक्रमण भइरहँदा पनि सरकार सम्वेदनशील नभएको आरोप लगाएका छन् ।

‘केटाकेटीले गुलेली चलाएजसरी बम र ग्रिनेड पड्काएर उम्मेदवारमाथि निरन्तर आक्रमण हुँदा सरकार के हेरेर बसेको छ ?, प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार ओलीले गराएको ध्यानाकर्षण उद्धृत गर्दै एमाले नेता विष्णु रिमालले भने,‘उम्मेदवारकै सुरक्षा गर्न नसक्ने सरकारले कसरी भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गराउँछ ?’

दिवंगत पुत्र प्रकाश दाहालको निधनबाट शोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना दिन झापाबाट सीधै लाजिम्पाट पुगेका ओेली सरकारको कार्यशैलीलाई लिएर प्रधानमन्त्रीमाथि खनिएका हुन् । डडेलधुराबाट काठमाडौं फर्किएलगत्तै प्रचण्डलाई समवेदना दिन लाजिम्पाट पुगेका देउवा र ओलीको एउटै समयमा जम्काभेट भएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले सरकारले शान्ति–सुरक्षाको अवस्था मजबुद बनाउन आफू क्रियाशील हुने जानकारी गराएका थिए । उनले तत्काल सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक डाक्ने बताए ।

आचारसंहिता उल्लंघनप्रति आपत्ति
एमालेले आचारसंहिता उल्लंघनका घटप्रति गम्भीर हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै एमालेले सत्ताको दुरुपयोग भएको आरोप लगायो ।

पोलिटब्युरो सदस्य अग्नि खरेल नेतृत्वको एमाले टोलीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलगायत पदाधिकारीलाई भेटेर आचारसंहिता उल्लंघनका विषयमा ध्यानाकर्षण गराएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

‘अहिले सत्ताको आडमा कांग्रेसले जताततै आचारसंहिता उल्लंघन गरिरहेको छ तर निर्वाचन आयोगले के गरिरहेको छ ? प्रमुख आयुक्त यादवलाई गरिएको ध्यानाकर्षण उद्धृत गर्दै एमालेको निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले भने, ‘कांग्रेसले गरिरहेको आचारसंहिता उल्लंघन तत्काल रोक्नुस्, यदि रोक्न सक्नुहुन्न भने अरू जस्तै हामीलाई पनि प्रचार गर्ने छुट दिनुस् ।’

सो ध्यानाकर्षणपछि प्रमुख आयुक्त यादवले उल्लंघन रोक्न आयोगले तत्काल सरकार र सम्बन्धित सञ्चारमाध्यमसँग कुराकानी गर्ने जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा उनले आचारसंहिता उल्लंघनका थुप्रै घटनाको तथ्यसहित आयोगलाई अवगत गराएको बताए । ‘हामीले स्थान नै किटान गरेर कसरी आचारसंहिता उल्लंघन भइरहेको छ भन्ने तथ्य आयोगलाई अवगत गरायौँ, खरेलले भने, ‘चाबहिलको गणेशस्थान, बानेश्वरको शान्तिनगर चोकमा तुल र ब्यानरहरू टाँगिएको छ, त्यसैले यदि आचारसंहिता कागजमा सीमित गराउन खोजिएको होइन भने तत्काल त्यस्तो प्रचारमाथि रोक लगाउनुपर्‍यो, होइन भने हामी पनि त्यस्तै प्रचारका लागि बाध्य हुनेछौँ ।’

‘सरकार कानमा तेल हालेर बसेको छ’
एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई लक्षित गर्दै आइतबार चुनावी प्रचारका क्रममा पाँचथरको तुम्मेवामा राजमार्गमा डेटोनेटर बम राखिएको घटनाप्रति खेद प्रकट गरेको छ । नेम्वाङसहित थुप्रै उम्मेदवारमाथि आक्रमणका घटना बढेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै एमालेले आक्रमणका घटना बढिरहँदा सरकार कानमा तेल हालेर बसेको आरोप लगाएको छ । ‘एकपछि अर्काे विस्फोट र एम्बुस थाप्नेजस्ता आपराधिक क्रियाकलाप बढिरहेका छन् । विस्फोटका घटना बढिरहने तर सरकार भने कुनै जिम्मेवारी बहन नगरी कानमा तेल हालेर बस्ने कामले नेकपा (एमाले) निकै गम्भीर बनेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार कतै वामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र शीर्ष नेतालाई चुनावी प्रचारप्रसारमै जान नदिने गम्भीर षड्यन्त्रमा त छैन ? सुरक्षाको जिम्मेवारीबाट भागेको त होइन भन्ने गम्भीर प्रश्न पनि सरकारको मौनताले नै उब्जाइरहेको छ ।’

निर्वाचन शान्तिपूर्ण होस् : अमेरिका
अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवारमाथि भएका आक्रमणप्रति चिन्ता प्रकट गरेको छ । ‘स्थानीय तहका तीनवटै चरणका निर्वाचन व्यापक रूपमा शान्तिपूर्ण सम्पन्न भएपछिको अवस्थामा राजनीतिक उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति संयुक्त राज्य अमेरिका चिन्तित छ र हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पु¥याउने कुनै पनि प्रयासको निन्दा गर्छ,’ अमेरिकी दूतावासद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचमा शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन अमेरिकाले सबै पक्षसँग आग्रह गरेको छ । ‘हिंसा वा हानिको डर, त्रासविना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिकको हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त हो,’ विज्ञप्तिमा भनिएको छ, ‘ नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र मतदाताको अधिकारलाई सम्मान गर्न हामी सबै पक्षलाई आग्रह गर्छाैँ ।’

लोकतन्त्रमा मतपेटिकाको माध्यमबाट विमति व्यक्त गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । ‘हामी सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न आग्रह गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ ।

उम्मेदवारमाथिका आक्रमणका घटना नियन्त्रण गर्न ओली र दाहालको आग्रह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More