प्रधानमन्त्रीले ओढाए गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा, शहीद घोषणाको बाटो खुल्यो

12 October, 2017 18:39 | जन सरोकार | comments | 35250 Views

असोज २३ गते सोमबार काठमाडौंमा गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई अघोषित रुपमा राष्ट्रिय सम्मान दिइएको छ ।

गौचनलाई शहीद घोषणा गर्न पहल गर्ने गृहमन्त्री जनार्दन शर्माको आश्वासनलगत्तै निर्माण व्यवसायी तथा गौचनका परिवारले उहाँको शव बुझेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

गौचको अन्त्येष्टि गर्नु अघि अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरिरलाई अनामनगरमा राखिएको थियो । प्रधानमन्त्री देउवा त्यही गएर गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

त्यस क्रममा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, वनमन्त्री विक्रम पाण्डे, कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी नेतृ पम्फा भुसाल, उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालगायतले गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

सरकारले गौचनलाई शहिद घोषणा गर्ने र हत्यारालाई छिट्टै पत्ता लगाएर कारवाही गर्ने प्रतिवद्धता जनाएपछि परिवारका सदस्यले शव बुझेका थिए ।

श्रद्धाञ्जली अर्पण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री जनार्दन शर्माले गौचनलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिंदै सम्पूर्ण व्यवसायीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने भन्दै काममा फर्किन आग्रह गर्नुभयो ।

तर, निर्माण व्यवसायीहरुले भने हत्यारा पत्ता नलागेसम्म अनिश्चितकालका लागि निर्माणका सबै काम रोक्ने निर्णय कायमै राखेका छन् ।

ढुकेर गोली हानिएको थियो व्यवसायी गौचनमाथि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More