Friday 26, May 2017
नेपाली समय: 12:52:41
जापानी समय: 04:07:41

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट हुने

11 May, 2017

आगामी जेठ ८ बाट ठुलो धनरासीको राष्ट्रिय य एकदिवसीय क्रिकेट हुने भएको छ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट हुन लागेको विहिबार राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ । विश्वक क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको तयारी र खेलाडी छनोटका रुपमा समेत प्रतियोगितालाई लिएको  छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जेठ ८ देखि सुरु भई २४ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहनेेछ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र शीर्ष दुई टोली अघिल्लो चरणमा पुग्नेछन् । हरेक खेल जित्दा टिमले २५ हजार रुपैयाँ पाउनेछ ।

प्रतियोगिताको उपाधि विजेताले २० लाख रुपैयाँ पाउनेछ भने उपविजेतालाई १० लाख दिइनेछ । सेमिफाइनलमा पुग्ने बाँकी दुई टिमले पनि ५०-५० हजार पाउनेछन् । म्यान अफ दि सिरिजलाई १ लाख पुरस्कार राखिएको छ । उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०-५० हजार पाउनेछन् भने उदयीमान खेलाडीले २५ हजार पाउनेछ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र काठमाडौं ट्रेनिङ सेन्टरको व्यवस्थापनमा हुने प्रतियोगितामा सहभागी सबै खेलाडीको अनलाइन रजिस्ट्रेशन हुनेछ । यो प्रतियोगितालाई विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने खेलका लागि नेपाली टोली छनौटको आधारसमेत बनाइने छ ।

योगालाई खेलकुदसँग जोडिने

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo