प्रधानमन्त्री तथा शीर्षनेताद्वारा डा केसीलाई अनशन तोड्न आग्रह

13 August, 2017 09:58 | राजनीति | comments | 3600 Views

प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री देउवाले डा केसीको अनशनको विषयमा विशेष चासो दिँदै डाकेको बैठकले केसीलाई अनशन तोड्न आग्रह गरेको हो ।

बैठकमा तीन दलका शीर्ष नेतासहित शिक्षा र स्वास्थ्यमन्त्री, सरकारले गठन गरेको वार्ता समिति, विधेयक छलफल भइरहेको संसद्को महिला, बालबालिका तथा समाज कल्याण एवं ज्येष्ठ नागरिक समितिका सभापति र सदस्यसहित केही विज्ञ सहभागी बैठकले केसीलाई तत्काल अनशन तोड्न आग्रह गर्दै उहाँको मागको भावना अनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाउने समझदारी बनाएको हो ।

बैठकले डा केसीले माग गरेअनुसार संसद्मा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकलाई माथेमा आयोगको प्रतिवेदन र डा केसीले उठाएका कतिपय जायज मागअनुसार अघि बढाउने बैठकले समझदारी गरेको छ । संसद्लाई बाहिरको दबाबबाट नभई जायज मागलाई संबोधन गरेर अघि बढाउनेबारे बैठकमा सहमति भएको छ ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले विधेयकको दफा १२ र १३ लाई यसअघिको सरकारले प्रस्ताव गरेअनुसार नै अघि बढाउँदा चिकित्सा क्षेत्रको गुणस्तर वृद्धि हुनुका साथै सुधार हुने धारणा राख्नुभएको थियो ।

बैठकमा प्रतिपक्ष दलका नेता ओली, माओवादी केन्द्र अध्यक्ष दाहाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, सरकारले गठन गरेका वार्ता समिति, डा भगवान् कोइराला, सांसद गगन थापा र समितिका सभापति रञ्जु झा र उक्त समितिका सदस्य सहभागी थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More