प्रधानमन्त्री र भारतीय कलाकारबीच भेटवार्ता

22 July, 2018 15:06 | कला/मनोरन्जन | comments | 8550 Views

एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदा र नेपालमा  फिल्म सिटी स्थापना गर्न तत्पर भारतीय कलाकार लगानीकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गरेका हुन् ।

जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफुलाई आकर्षित गरेको बताए ।

adsads
उनले ती ठाउँका प्रशंसा गर्दै नेपालमा फिल्म सिटीको स्थापना गर्नका लागि प्रारम्भिक कार्य सुरु भइसकेको बताए । भेटअघि भारतीय समूह फिल्म सिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएको थियो।

त्यस अवसरमा वरिष्ठ भारतीय राजनीतिकर्मी तथा राज्य सभा सदस्य अमर सिंहले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल, सुखी नेपालीको ध्येयलाई मूर्त तुल्याउन सकिएको खण्डमा मात्र भारत पनि सुखी र खुसी हुन सक्ने धारणा व्यक्त गरे । नेपाली कलाकारहरुसमेतको उपस्थितिमा भएको भेटघाटका अवसरमा प्रधानमन्त्रीले जया प्रदाले नेपाल भारत सम्बन्धका लागि साँस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको बताए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More