प्रमुख निर्वाचन आयुक्त यादवबाट रसुवा अनुगमन

24 November, 2017 22:35 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 21450 Views

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही मंसिर १० गते आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका बारेमा जानकारी लिने क्रममा शुक्रबार रसुवा जिल्लाको स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा प्रमुख निर्वाचन आयुक्त डा यादवलाई रसुवाको धुञ्चेमा अनुगमन टोलीका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखले निर्वाचनका लागि भएका तयारी, सुरक्षा प्रबन्ध, कर्मचारी खटनपटन लगायतका विषयमा जानकारी गराएका थिए ।

उनहरूले जिल्लामा निर्वाचनका लागि सम्पूर्ण तयारी भएको समेत प्रमुख निर्वाचन आयुक्त डा यादवलाई अवगत गराए । सोहि अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका लागि गरिएका सबै तयारीप्रति सन्तोष  जनाउँदै जिल्लामा कुनै पनि किसिमका अवाञ्छित क्रियाकलाप हुन नदिन र अवाञ्छित क्रियाकलाप गर्नेहरूमाथि शून्य सहनशीलता अपनाउन निर्देशन दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न, मतपेटिका सुरक्षित राख्ने प्रबन्ध मिलाउन र मतगणनाका लागि अहिलेदेखि नै सुरक्षा सहितको पूर्वतयारी गर्न सम्बद्ध पदाधिकारीलाई निर्देशन दिए ।

यो पनि पढ्नुहोस्

मौन अवधिको पूर्ण पालना गर्नुस् : प्रमुख निर्वाचन आयुक्त डा यादव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More