नोट नोट

  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट

प्रवासीको सहयोगबाट खेलमैदान निर्माण

8 August, 2018 16:45 | प्रबास | comments | 7350 Views

नोट

युवा क्लबको सक्रियतामा नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण भएको छ । बेँसीशहर नगरपालिका–१० खासुगाउँका बासिन्दाले नाचगान र चन्दाबाट खेलमैदान निर्माण गरेका हुन् ।

adsads

खसुरोधीं युवा क्लबको अगुवाइमा गाउँकै कोडहर डाँडामा खेलमैदान निर्माण गरिएको हो ।२०६५ देखि तीन वर्ष क्लबले नाचगान गरी रु सात लाख जम्मा गरेर खेलमैदान निर्माण थालेको थियो । गाउँका युवाको खेलप्रति आकर्षण र आवश्यकतालाई महसुस गरी चन्दा तथा सहयोग सङ्कलन गरी खेलमैदान निर्माण शुरु गरिएको क्लबका अध्यक्ष नन्द घलेले बताउनुभयो ।

गाउँका युवा विदेशिएपछि मैदान निर्माण कार्य रोकिएकामा अहिले विदेशिएका युवाले सहयोग जुटाएपछि पुनःनिर्माण थालिएको हो । गाउँबाट बेलायत, अमेरिका, हङकङ, यूएई, कतार र मलेसियालगायतका देशमा पुगेका युवाले खेलमैदान निर्माणका लागि करीब रु १३ लाख सहयोग गरेका थिए । “रकम अभावका कारण खेल मैदानले पूर्णता पाउन सकेको थिएन” अध्यक्ष घलेले भन्नुभयो, “विदेशिएका युवाले खेलमैदान निर्माणका लागि सहयोग पठाउन थालेपछि खेलमैदान पुनःनिर्माण शुरु भएको हो ।”

खेलमैदान निर्माण गर्न बेँसीशहर नगरपालिकाले रु तीन लाख, वडाले रु दुई लाख, प्रवासमा रहेका गाउँकै पाँच युवाले रु एक÷एक लाख, नौ युवाले रु ५०÷५० हजार, प्रगति नारी समाजले रु ५० हजार सहयोग गरेको क्लबले जनाएको छ । गाउँका बुढापाका, आमा समूह, युवा सबैले खेलमैदान निर्माणमा श्रमदान गरेका छन् । खेल मैदानका लागि गाउँका आठ जनाले झण्डै ४० रोपनी जग्गा दान गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नोट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More