सहयोग सहयोग

  • सहयोग
  • सहयोग

प्रवासी समाज मलेसियाद्वारा क्यान्सर पीडित राईलाई आर्थिक सहयोग

11 January, 2018 14:27 | प्रबास | comments | 7050 Views

सहयोग

पाँचथरको फालेलुङ गाउँपालिका–३, माङ्लेबुङका क्यान्सर पीडित एक व्यक्तिलाई प्रवासी समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।

फालेलुङ–३ बस्ने क्यान्सर रोगबाट पीडित कालुराम राईलाई प्रवासी समाज मलेसियाले रु एक लाख १२ हजार ६२१ सहयोग प्रदान गरेको हो । राईलाई समाजका अध्यक्ष राजेन्द्र चोङबाङ साँवासहितको टोलीले सहयोग रकम हस्तान्तरण गरेको थियो । विपन्न परिवारका राईको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो सहयोग हस्तान्तरण गरिएको अध्यक्ष साँवाले बताउनुभयो ।

उक्त सहयोग पाएपछि राईले खुशी व्यक्त गर्नुभएको छ । उहाँले यो सहयोगले आफनो उपचारमा थप मद्दत पुगेको र आफू छिट्टै स्वस्थ बन्ने विश्वास समेत व्यक्त गर्नुभयो । फालेलुङ गाउँपालिका–३, का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

मलेसियामा गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हत्या

फेसबुक

हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More