प्रविधिलाई मुलुकको विकाससँग जोड्नु पर्छः मन्त्री कार्की

11 January, 2017 23:00 | जन सरोकार | comments | 3 Views

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना प्रविधिलाई मुलुकको समग्र विकाससँग जोड्न नसकेको बताएका छन् । प्रविधि पत्रकार मञ्चले आज धुलिखेलमा आयोजना गरेको क्षमता अभिविृद्धसम्वन्धी कार्याशालामा उनले सूचना प्रविधि विज्ञान भएकाले त्यसलाई सनसनिपूर्ण समाचारका रुपमाभन्दा पनि ज्ञानवद्र्धक समाचारका रुपमा अभिव्यक्त गर्न पत्रकारलाई आग्रह गरे ।

मन्त्री कार्कीले मुलुकको ग्राहस्थ उत्पादन बढाउने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्दै नेपाल दूरसञ्चार प्राधिकरण पैसा कमाउने काममा मात्रै लागेको गुनासो गरे । ‘कृषि, पशुपालनलगायतका क्षेत्रमा उल्लेख्य काम हुन सकेको छैन,’ उनले भने ‘देशको विकास र समृद्धिका लागि सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय काम गर्न सक्नुपर्दछ ।

‘ नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आन्नदराज खनालले प्रविधिको विषयमा समाचारको खोजी बढेको उल्लेख गर्दै प्राधिकरणले पत्रकारसँगको सहकार्य जारी राख्ने विश्वास व्यक्त गरे । कार्याशालामा विभिन्न सञ्चारमाध्यमसँग आबद्ध २० पत्रकार सहभागी छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More