अर्जुन बहादुर सिंह अर्जुन बहादुर सिंह

  • अर्जुन बहादुर सिंह
  • अर्जुन बहादुर सिंह

प्रहरीको सोधपुछका क्रममा घाइते सिंहको उपचार क्रममा मृत्यु भएको पुष्टि

17 March, 2017 13:40 | जापान | comments | 11250 Views

अर्जुन बहादुर सिंह

टोकियोमा बुधबार मृत्यु भएका अर्जुनबहादुर सिंहको मृत्युको सम्बन्धमा नयाँ तथ्य बाहिर आएको छ । उनको मृत्यु रहस्यमय भन्ने समाचारहरु सार्वजनिक भए पनि वास्तविकता भने अर्कै रहेको पाइएको छ ।

जापान प्रहरीको हवाला दिंदै जापानी संचार माध्यममा प्रकाशित समाचारमा सिहंको मृत्यु उपचारका क्रममा भएको खुलासा भएको हो ।

समाचारमा जनाईए अनुसार सिंहले बोकेको क्रेडिट कार्डका विषयमा प्रहरीले सोधपुछ गर्दा भित्तामा टाउको ठोक्काएपछि केहीबेर हिरासतमा राखेको थियो । सो पश्चात पुन सोधपुछ गर्दा पनि प्रहरी कार्यालयको टेबुलमा टाउको ठोके र त्यसपछि बेहोस भएपछि अस्पताल लगिएको थियो ।

दुई पटक टाउकोमा चोट लागेका सिंहलाई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको थियो ।

मानसिक सन्तुलन गुमाएका सिंह विगत एक वर्षदेखि निरन्तर औषधि खाइरहेका थिए । उनको उपचारको लागि नेपाली दूतावास, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, सुदुरपश्चिमेली समाज लगायतका संघ, संस्था र व्यक्तिहरुले सहयोग गरेका थिए । तर स्वास्थ्यमा समस्या देखिएपछि सिंह कामविहीन थिए ।

काम विहीन उनलाई नेपाल पठाउने तयारी गरिए पनि केही समययता वेपत्ता भएका थिए । केही दिन पश्चात अचानक मृत्यु भएको खवर पाएर स्तब्ध भएका टोकियो स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले जापान प्रहरीसंग यसबारे सोधपुछ समेत गरेका थिए ।

सो क्रममा जापान प्रहरीले घटनाबारे विषेश जानकारी गराउदै उपचारका क्रममा मृत्यु भएको बताएका थिए ।

लामो समययता नियमित औषधी सेवनका कारण मानसिक सन्तुलन समेत गुमाएका उनको साथमा रहेको क्रेडिट कार्डका कारण प्रहरीले निक्कै सोधपुछ गरेको थियो ।

प्रहरीले सामान्य रूपमा सोधपुछ गर्दा सिहंले नजिकैको कोठाको भित्तामा टाउको ठोक्काएका थिए । ततपश्चात केही बेर हात खुट्टा बाधेर राखे पनि पुन सोधपुछ गर्दा उनले टेबलमा टाउको ठोक्काएका थिए ।

त्यसपछि तत्कालै अस्पताल पुर्याइएका सिहंको केही बेरमा मृत्यु भएको जानकारी प्रहरीले दिएको थियो । जापानी संचार माध्यमहरूले अर्काको क्रेडिट कार्ड प्रयोग गरेका नेपालीलाई सोधपुछ गर्दा घाइते भएकाको उपचारका क्रममा मृत्यु भएको जनाएका थिए ।

मानसिक सन्तुलन गुमाएका सिहंले भने क्रेडिट कार्डको प्रयोग गरेको वा नगरेको भन्नेबारे कुनै जानकारी पाइएको छैन ।

टोकियोमा एक नेपालीको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिवेणी कप

फेसबुक

त्रिवेणी कप

ट्वीटर

सामाजिक सञ्जाल

More