प्रहरीसँगको झडपपछि उपप्रधानमन्त्री कमल थापा बालुवाटारमा

20 March, 2017 21:47 | राजनीति

आज दिउँसो निर्वाचन आयोग अगाडि प्रदर्शन गरिरहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरीले बल प्रयोगपछि उपप्रधानमन्त्री कमल थापा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् ।
राप्रपाबाट मन्त्रीभएका अर्का नेता आपूर्ति मन्त्री दिपक बोहोरासहित उपप्रधानमन्त्री थापा बालुवाटार पुगेका हुन् । बालुवाटारमा  उपप्रधानमन्त्री थापाले आफूहरुले गरिरहेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले बल प्रयोग गरेको र आफ्ना पार्टीका नेता तथा कार्यकर्ता घाइते भएको जानकारी प्रधानमन्त्री दाहाललाई गराएका छन् । त्यस्तै निर्वाचन आयोगले राप्रप्राको धोषणा पत्रबाट हिन्दू राष्ट्र हटाएको विषयमा पनि छलफल गर्ने छन् ।
निर्वाचन आयोग अगाडि धर्ना बसेका उपप्रधानमन्त्री थापाले प्रधानमन्त्री निवासमा जानुअघि वीर अस्पतालमा उपचार गराइरहेका घाइते नेता तथा कार्यकर्तालाई भेटेका थिए। प्रधानमन्त्री दाहालसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक पनि सहभागी छन् ।

ads
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More