प्रहरी कारवाहीमा इन्डोनेसियामा एक नेपाली मारिए

17 January, 2018 16:21 | प्रबास | comments | 40800 Views

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा एक नेपाली मारिएका छन् ।  ३४ वर्षिय शरणकुमार तामाङ प्रहरी कारवाहीमा मारिएका हुन् ।

लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् ।उनका अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए ।

फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले बताएको छ । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो ।उनी त्यहाँ आएलगत्तै पक्राउ गरिएको र उनको साथबाट ५२ ग्राम लागू औषध बरामद भएको छ । होटलमा उनको कोठा सर्च गर्दा ३.४ किलो मेथ भेटिएको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा उनले अरु साथी रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको इन्डोनेसिया प्रहरीले बताएको छ ।गोली लागेर गम्भीर घाइते भएका तामाङलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकहरुले मृत घोषित गरेको समाचारमा उल्लेख छ।

अफगानिस्तानमा बाह्र नेपालीको ज्यान लिने हमलाकारी मारिए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More