प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए

14 November, 2017 16:02 | विश्व समाचार | comments | 3450 Views

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गएराति रातभर भएको आक्रमणमा परी कम्तीमा २२ प्रहरीको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरी प्रवक्ताले मङ्गलबार सो जानकारी दिएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कान्दाहार प्रान्तको मेवान्द जिल्लामा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा परी २२ प्रहरी अधिकारीको मृत्यु भएको छ । त्यस हमलापछि प्रहरीले गरेको प्रतिरक्षा आक्रमणमा ४५ आतङ्ककारी मारिएका छन् ।

त्यसैगरी सो आक्रमणमा परी अन्य १५ प्रहरी र ३५ आतङ्ककारी घाइते भएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

अफगानिस्तानमा हक्वानी नेटवर्कका २६ र तालिवानका ८ जना लडाकू मारिए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More