Thursday 30, March 2017
नेपाली समय: 06:20:28
जापानी समय: 09:35:28

प्रिपेड मोवाइलमा क्रेडिट ब्यालेन्स सुविधा ल्याउने तयारीमा टेलिकम

9 January, 2017

telicome

प्रिपेड मोवाइलका ग्राहकलाई ‘क्रेडिट ब्यालेन्स’को सुविधा दिने नेपाल टेलिकमले तयारी गरेको छ । केही दिनभित्रै टेलिकमले यो सुविधा ल्याउने जानकारी दिएको हो ।

निजी क्षेत्रको एनसेलले भने यो सुविधा ल्याइसकेको छ । ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ । ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ ।

टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकलाई ब्यालेन्स सकिएर अप्ठयारोमा परेको बेला उपयोग गर्नका लागि क्रेडिटमा ब्यालेन्स दिने सुविधा ल्याउन लागेको जानकारी दिईन् ।

आपतकालीन अवस्थामा कसैसँग सम्पर्क गर्नुपरेमा सहज होस भनेर पाँचदेखि १० रुपैयाँसम्म उधारोमा लिन सकिने व्यवस्था गर्न लागिएको राजभण्डारीले बताइन् । पोखरा उपमहानगरपालिका–१८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको एमएसएजी एक्सचेञ्ज सेवाको उद्घाटनको अवसरमा उनले यो जानकारी दिएकी हुन् ।

नेपाल टेलिकमको फोर जी सेवा सुरु : तत्काललाई पोष्टपेडमा मात्र, माघदेखि प्रिपेडमा पनि

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo