प्रि–क्वाटरबाटै बाहिरियो म्यानचेस्टर सिटी

16 March, 2017 15:46 | खेल | comments | 5250 Views

 म्यानचेस्टर सिटी

इंगलिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटर फाइनलबाटै बाहिरिएको छ । फ्रेन्च क्लव मोनाकोसँग अवे गोलका आधारमा पराजित भएसंगै सिटी प्रतियोगिताबाट बाहिरियो ।

दोस्रो लेगमा घरेलु मैदानमा मोनाकोले ३–१ को जित निकालेपछि समग्रमा ६–६ को बराबरी भएपनि अवे गोलका आधारमा मोनाको क्वार्टरफाइनलमा पुगेको हो । पहिलो लेगमा सिटी ५–३ ले बिजयी भएको थियो । खेलको अन्तिम १३ मिनेट बाँकी छँदा सम्म सिटी क्वार्टरफाइनलमा पुग्ने निश्चितजस्तै देखिएको थियो । तर ७७ औं मिनेटमा स्लाकले बाकायोकोको पासमा हेडिङ गोल गर्दै सिटीको च्याम्पियन्स लिग यात्रामा पर्ण विराम लगाई दिएका थिए ।

बार्सिलोनालाई दुई पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका सिटी प्रशिक्षक पेप ग्वार्डिओला आफ्नो प्रशिक्षण करीअरमा पहिलो पटक च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइदलबाटै घरफर्कन बाध्य भए । सिटीअघि ग्वार्डिओलाले जर्मन च्याम्पियन बार्यन म्युनिख संहालेका थिए ।

जारी सिजन १ सय २३ गोल गरिसकेको फ्रेन्च लिग वान टोली मोनाकोले खेलमा सुरुवातमै दुई गोलको अग्रता लिएको थियो । त्यसले उसलाई फाइदा पुग्यो भने सिटी सुरुमै दवावमा आयो । ८ औं मिनेटमा लोट्टिन र २९ औं मिनेटमा फाविन्होले मोनाकोका लागि गोल गरेका थिए । ७१औं मिनेटमा सेनले १ गोल फर्काएपछि सिटीलाई केहि राहात भएको थियो । तर त्यो खुसी धेरै समय टिक्न सकेन ६ मिनेट पछिनै स्लाकले गोल गरेपछि सिटी स्तब्ध बनेको थियो ।

योसँगै च्यामिपयन्स लिगको क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । मोनाको, लिसेस्टर सिटी, साविक बिजेता रियल म्याड्रिड, एथ्लेटिको म्याड्रिड, बार्सिलोना, बार्यन म्युनिख, बोरुशिया डर्टमुण्ड र युभेन्टसले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएका छन् । क्वार्टरफाइनल ड्र शुक्रबार सार्वजानिक हुने छ ।

चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More