प्रेमको लागि शाही हैसियतको त्याग

18 May, 2017 18:54 | जापान | comments | 11550 Views

जापानका सम्राटकी नातिनी राजकुमारी माकोले एक कानुनी सहायकसंग बिबाह गर्ने भएकी छिन् । माकोले शाही हैसियत त्यग गरि विवाहा गर्ने लागेकी हुन् । अथवा भनु उनिले शाही हैसियत त्यगि प्रेमलाई रोजेकी छिन् ।

माको हलाका सम्राटकी जेठी नातिनी हुन् ।  जापानको शाही कानुन बमोजिम सर्वसाधारणसँग विवाह गरे राजकुमारीले शाही परिवार त्याग्नु पर्छ।

राजकुमारी माको र उनको प्रेमीको केइ कोमुरोको भेट सन् २०१२ ताका उनीहरुले टोक्योस्थित इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटिमा पढ्दाताका भएको थियो।
जापानको राजपरिवार इम्पेरियल हाउसहोल्डले सीएनएनसँग राजकुमारीको बिहेपूर्व इन्गेजमेन्टुको तयारीबारे योजना भइरहेको बताएको छ।

हाल ८३ वर्ष पुगेका सम्राट अकिहितोले गत अगस्ट महिनामा अब आफ्नो उमेरले नियमित कार्यभार सम्हाल्न अप्ठ्यारो पर्न सक्ने भन्दै गद्दीत्यागको संकेत गरेका थिए।

सम्राटलाई गद्दीत्याग गर्ने बाटो खोल्ने कानुनी परिमार्जनबारे हाल जापानमा समीक्षा भइरहेको छ। गत दुई शताब्दीयता कुनैपनि जापानी सम्राटले गद्दीत्याग गरेका छैनन्।

त्यहाँको विद्यमान कानुनले त्यसो गर्न दिदैंन। नयाँ कानुनले केवल पुरुष उत्तराधिकारको प्रावधान भने परिवर्तन नगर्ने ठानिएको छ।
क्रिसान्थेमम राजसिंहासन भनिने जापानको गद्दीका निम्ति अहिले चार उत्तराधिकारी छन्स् अकिहितोका छोराहरु युवराज नारुहितो र राजकुमार फुमिहितो, अनि राजकुमार फुमिहितोका छोरा राजकुमार हिसाहितो तथा सम्राटका कान्छा भाइ राजकुमार मासाहितो।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More