प्रेमीसँगै होटलमा सुतेकी प्रेमीका मृत भेटिइन्

24 February, 2018 22:48 | जन सरोकार | comments | 91050 Views

काठमाडौंको सुन्धारास्थित एक होटलमा शनिबार एक युवती मृत भेटिएकी छन् । उदयपुरको कटारी–९ घर भइ हाल हात्तिवन बस्दै आएकी २४ वर्षीय सर्मिला राउत सुन्धारास्थित निकुद गेष्ट हाउसको १०४ नम्बर कोठामा मृत भेटिएकी हुन् ।

adsads

उनी सिन्धुलीको दुधौली नगरपालिका–३ का २३ वर्षीय विशाल खड्कासँगै होटलमा पुगेकी थिइन् । खड्का र राउत करिब डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।

होटल सञ्चालक सुन्दर श्रेष्ठले खबर गरेपछि महानगरीय प्रहरी वृत, जनसेवा र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ ।

प्रहरीका अनुसार राति उनीहरुसँगै थप दुई युवक होटलमा पुगेका थिए, जो ५०१ नं. कोठामा बसेका थिए । घटनाको अनुसन्धानका लागि प्रहरीले प्रेमीसहित ३ जनालाई नियन्त्रण लिएको छ ।

प्रारम्भीक अनुसन्धानका क्रममा खड्का र राउत बिहान ३ बजे मात्र होटलमा प्रवेश गरेको भेटिएको छ ।

स्रोतका अनुसार खड्का र राउत शुक्रबार राति १ बजेसम्म कोटेश्वरस्थित एक होटलमा बसेका थिए । त्यसपछि उनीहरुबीच घर जाने कुरा हुन्छ । तर, रात छिप्पिसकेकाले युवकले तिलगंगातिर कोठा खोजे तर, पाएनन् । होटल खोज्ने क्रममा सुन्धारा पुगेका हुन् ।

युवकले प्रहरीसामू आफूहरुसँगै सुतेको र बिहान राउतलाई सिलिङ फ्यानमा झुण्डी राखेको देखेको बताएका छन् । ‘सलमा झुण्डी रहेको देखेपछि बाँच्छिन् होला भनेर हत्तपत्त निकालेँ’, उनले वयानका क्रममा भनेका छन् ।

दुवै जना काठमाडौंको एक फाइनान्स कम्पनीमा कार्यरत थिए । युवतीले तीन महिनाअघि मात्रै जागिर छाडेर म्यानपावरमा काम गर्न थालेकी थिइन् । युवतीको शवलाई पोष्टमार्टमका लागि टिचिङ हस्पिटलमा लगिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More