प्रेमी जोडीलाई सरकारले नै होटल उपलब्ध गराउने (भिडियो )

17 July, 2017 14:58 | बिचित्र | comments | 21600 Views

सुन्दा अच्चमा लाग्ला तर क्यूवाको सरकारले प्रेमी जोडीहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै कोठा उपलब्ध गराउन लागेको छ । क्यूवा सरकारले प्रेमी–प्रेमिकालाई सहुलियत दरमा होटलको कोठा उपलब्ध गराउने भएको छ ।

प्रेमी जोडीलाई सम्बन्ध स्थापित गर्न सहज होस् भनेर सस्तोमा होटलको कोठा उपलब्ध गराइने क्यूवा सरकारको भनाइ छ ।यस्ता होटललाई क्यूवामा ‘पोसारस’ भनिन्छ । सरकारले ९० को दशकसम्म यस्तो होटल संचालन गर्दै आएको थियो ।

तर आर्थिक संकटमा परेपछि समुद्री आँधीबाट विस्थापित भएकाहरुका लागि सरकारले ती होटल उपलब्ध गरायो ।जसबाट प्रेमी–प्रेमिकाले प्रेमालापका लागि असुविधा व्यहोर्दै आएका थिए भने सार्वजनिक स्थलमा नै उनीहरुले आपसमा भलाकुसरी गर्दै आएका थिए ।

सरकारले व्यवस्था गर्न लागेको यो नयाँ नेटवर्कले उनीहरुलाई राहत हुने विश्वास गरिएको अधिकारीहरु बताउँछन् । हवानामा युगल जोडी समुद्री किनार, पार्क लगायतमा समय बिताउने गर्दछन् ।

विश्वमा घट्ने फरक र रोचक प्रसङ्ग समेटिएको भिडियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More