फगामी एनआरएनए यूकेको अध्यक्षमा निर्वाचित

11 September, 2017 13:42 | एन आर एन न्युज | comments | 7950 Views

योगकुमार फगामी

बसन्त रानाभाट,बार्सिलोना – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायत (यूके)को अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वका लागि भएको चुनावमा फगामीले १२९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । अध्यक्षका उनका प्रतिस्पर्धी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत प्राप्त गरे ।

यस्तै आईसीसी सदस्यमा शान्ति थापा कुँवरले १८०७ मत, जयप्रकाश गुरुङ १२४१ मत र कुमारी गुरुङले ११६१ मत ल्याएर विजयी भएका छन् ।आईसीसी सदस्यकै प्रतिद्वन्दीहरु देवराज आचार्य (चिरन)ले ७६८ मत र अर्जुन कटुवालले ७३६ मत प्राप्त गरेका छन् ।

संघको उपाध्यक्षमा पुनम गुरुङले १६११ मत, शेरबहादुर सुनार १४३३ मत,डा. प्रेम बहादुर आले १२६८ मत,सुशीला राई १२०९ मत, ललितकुमार न्यौपाने ११०८ मत र प्रेम गाहामगरले १०४९ मत ल्याएर निर्वाचित भएका छन् ।यसैगरी महासचिवमा राजकुमार त्रिपाठीले १०४० मत प्राप्त गर्दै बिजयी भए । महासचिवकै प्रतिद्वन्दीहरु फणिन्द्र भट्टराईले ८२७ मत र खुशी लिम्बुले ६८२ मत ल्याएका छन् ।

उपमहासचिवको कडा प्रतिस्पर्धामा विनय अधिकारीले ३७ भोट बढी प्राप्त गर्दै विजयी भए । प्रतिद्वन्दी कृष्ण तिवारीले १०२२ मत प्राप्त गरे भने अधिकारीले १०५९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।सचिवमा तारानाथ भण्डारीले १४५१ मत, नारायण पौडेल ‘गाउँले’ १३६६ मत र सुरज मास्केले ११८८ मत ल्याएर विजयी भएका छन् ।

कोषाध्यक्षमा सचिन श्रेष्ठले ७७९ मत र सह-कोषाध्यक्षमा गजेन्द्र गुरुङले १२६५ मत ल्याएर बिजयी बनेका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भए ।

सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेबिन् थापा, पवन शर्मा, पवन राई, विमला लिम्बु, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए ।संघको नयाँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा चार मतदान केन्द्रमा पुगी ७८.४ प्रतिशत मतदाताहरुले मतदान गरेका थिए ।

पत्रकार महासंघ यूकेका अध्यक्ष शर्मा स्विजरल्याण्डमा सम्मानित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More