फाल्गुण महिनामा चन्द्रागिरि केबलकारमा विशेष छुट

10 February, 2017 15:13 | कर्पोरेट/पर्यटन | comments | 2 Views

चन्द्रागिरि केबलकारचन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रर्वद्वित चन्द्रागिरि केबलकारले २०७३ साल फाल्गुण महिनाभरि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट लिन सक्ने व्यवस्था मिलाएको छ ।

छुटव्यवस्था अनुसार कूल रु. ७ सय पर्ने केबलकार टिकटरु. ३सय पचासमा प्राप्त गर्न सकिनेछ ।यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन पाउनु हुनेछैन ।यो सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोट स्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ ।एकजना यात्रुले एउटा मात्र टिकट लिन सक्नु हुनेछ भने यसरी लिईएको टिकट सोही दिनका लागि मात्र मान्य हुनेछ।

दर्शनार्थीहरूका लागि व्यवस्था भएका सुविधा
चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निः शुल्क बस सेवाको व्यवस्था गरेको छ ।

बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् ।महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँबसपार्क,बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकारसम्म पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना,बल्खु,कलङ्की हुँदै चन्द्रागिरिसम्म केबलकार पुग्ने छ।

यि बसहरु उक्त स्थानहरु हुँदै फर्कने छन् । चन्द्रागिरि केबलकारको टिकट काठमाडौंस्थित आईएमई सेन्टर एवं भाटभटेनी काउन्टरबाट पनि लिन सकिन्छ।चन्द्रागिरिमा अहिले घोडसवारीको पनि व्यवस्था गरिएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेड
काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वत धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ।नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने एवं बाह्य पर्यटकहरुको नेपालबसाईलाई एक दिन लम्ब्याउने उद्देश्यले यस पर्वतमा चन्द्रागिरि हिल्स लिमिटेडको स्थापना भएको हो ।

समुद्री सतहबाटकरिव १,५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरि फेदीबाट केबलकार चढेर२,५५१ मिटरको उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ ।म्यानुअल बालउद्यान, भ्यु टावर, रेष्टुरेन्टर, बहुउद्देश्यीय हल सहित निर्माण गरिएको चन्द्रागिरि पर्वतबाट राजधानी सहर, सगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल एवं अन्य हिमश्रृङ्खला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिन्छ भने चन्द्रागिरि डाँडाको दक्षिणी भेगका टिस्टुङ्ग, फाकेल, चित्लाङका रमणीय गाउँहरू स्पष्ट रूपमा नियाल्न सकिन्छ ।संभवत नेपालको पहिलो अपांङ्ग मैत्रीभौतिक संरचना यहाँको अर्को विशेषता हो ।

गत साउन २४ गतेबाट व्यवसायीक संचालनमा आएको चन्द्रागिरि केबलकारको सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले गत मङ्सिर ३० गते समुद्घाटन गर्नुभएको थियो ।विश्वविख्यात केबलकार निर्माता अष्ट्रियन कम्पनी डोप्लमेयरको प्रविधि जडित चन्द्रागिरि केबलकारले प्रतिघण्टा एक हजार जनासम्म यात्रु बोक्ने क्षमता राख्दछन्।

केबलकार संचालनमा आएदेखि २०७३ साल माघ २६ गतेसम्म ३ लाख ३३ हजार ७ सय २० जनाले केबल कारको यात्रा गरेर भालेश्वर महादेवको दर्शन गरिसक्नु भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभानले चन्द्रागिरि हिल्स लिमिटेडलाई ‘बेष्ट न्यू डेस्टिनेसन अवार्ड २०१६’ बाट सम्मानित गरिसकेको छ।

‘चन्द्रागिरि आर्थिक विकासको कोशेढुङ्गा’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More