Monday 23, January 2017
नेपाली समय: 02:18:41
जापानी समय: 05:33:41

फिल्मको व्यापारले मित्रतामा असर गर्दैन् : केकी-बेनिशा

11 January, 2017

मिल्ने दुई साथी केकी अधिकारी र वेनिशा हमाल अभिनित दुई फिल्महरु ‘लभ साशा’ र ‘किङ्ग’ यही बिहिबारदेखि एकसाथ प्रदर्शनमा आउँदैछन् । दुई फिल्मले गर्ने व्यापारलाई लिएर विभिन्न खाले अड्कल बाजी भैरहंदा केकी र वेनिशाले भने फिल्मको व्यापार जे जस्तो भएपनि आफ्नो मित्रतामा कुनै असर नपर्ने बताएका छन् ।

keki-benisa

फिल्म ‘लभ साशा’ को प्रिमियरमा सहभागी भएकी वेनिशाले फिल्म र केकीको अभिनयको प्रशंसा गरिन् । दुवै फिल्मले राम्रो व्यापार गरोस् भन्ने आशा राख्दै वेनिशाले भनिन्, ‘जसले मलाई एक्टिङ गर्न सिकायो उसले राम्रो गर्दा मलाई गर्व लाग्छ । केकीले ‘लभ साशा’ मा राम्रो काम गरेको छ । यसमा म खुसी छु ।’

यता ‘लभ साशा’ की साशा अर्थात् केकीले ‘किङ्ग’ क्विन अर्थात् वेनिशालाई अन्तर हृदयबाट सफलताको शुभ कामना दिइन् । केकीले भनिन्, ‘वेनिशाको कारण पनि ‘किङ्ग’ मेरो लागि विशेष छ । त्यसैले सफलताको शुभकामना ।’ यता नायिका रिमा विश्वकर्माले पनि ‘लभ साशा’ र ‘किङ्ग’ दुवैलाई सफलताको शुभकामना दिइन् ।

सविर श्रेष्ठ निर्देशित फिल्म ‘किङ्ग’ मा वेनिशासँग एक्सन स्टार निखिल उप्रेती प्रस्तुत भएका छन् भने प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म ‘लभ साशा’ मा केकी र कर्म प्रमुख भूमिकामा प्रस्तुत भएका छन् ।

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads