फिल्म निर्माता वीनस्टीनमाथि एञ्जेलिना जोलीले लगाइन् यौन उत्पीडनको आरोप

13 October, 2017 18:00 | हलिउड | comments | 18600 Views

 

फिल्म निर्माता हार्वे वीनस्टीनमाथि यौन उत्पीडनको आरोप लागेको छ ।चर्चित हलिउड अभिनेत्री एञ्जेलिना जोली र ग्वीनेथ पाल्त्रोवले निर्माता हार्वे वीनस्टीनमाथि यौन उत्पीडनको आरोप लगाएका छन् ।

दुवैले अभिनयमा पाइला टेकेको सुरुवाती दिनहरुमा हार्वेबाट यौन उत्पीडनको शिकार भएको बताएका हुन् यसभन्दा पहिले पनि अरु अभिनेत्रीले वीनस्टीनविरुद्ध यौन उत्पीडनको आरोप लगाएका थिए । द न्यू योर्करमा प्रकाशित समाचार प्रकाशन अनुसार आरोपी वीनस्टीनले भने उक्त आरोपको अस्वीकार गरेका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले पनि महिलाको समर्थनमा बयान दिएका छन् । उनीहरुले भनेका छन्, ‘हार्वे वीनस्टीनलाई लिएर आएको खबरले हामीलाई झट्का लागेको छ ।’, उनीहरुले महिलाको साहसलाई प्रशंसा पनि गरेका छन् ।

टेलिग्राफमा प्रकाशित खबर   अनुसार बिहीवार विनस्टनको कम्पनीले यीनै आरोपहरुका कारण उनलाई पदमुक्त बनाइदिएको छ। आरोपहरुका कारण उनलाई कामबाट मात्र निकालिएन उनी पत्नी डिजाइनर जियार्जिना सैम्पमैनले हार्वेलाई छोडिदिएको छ।

रिश्माले लगाइन् पतिमाथि दाइजो उत्पीडनको आरोप

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More