फिल्म ‘शेरबहादुर’ मा सुनिल थापा दृष्टिबिहीन

16 January, 2018 20:10 | कला/मनोरन्जन , कलिउड | comments | 112200 Views

माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘शेरबहादुर’ निर्माण युनिटले मंगलबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी फिल्मबारे थप जानकारी दिएको छ ।

अवकाश प्राप्त एक आर्मीको कथामा आधारित फिल्ममा अभिनेता सुनिल थापाको प्रमुख भूमिका रहेको छ। फिल्ममा उनलाई एक निडर, सन्की र बलियो पात्रको रूपमा प्रस्तुत गरिएको छ। साथै फिल्ममा सुनिल थापाले एक दृष्टिबिहीनको भूमिका निवार्ह गरेको र जुन भूमिकामा आफू अहिलेसम्म नेदेखिएको बताए ।यसअघि उनले सो कुरा खुलाएका थिएनन् ।

थापाले ‘शेरबहादुर’ आफ्नो फिल्मी जीवनको कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने हालसम्म म राते काइला भनेर चिनिएको छु अब शेरबहादुर भनेर चिनिनेछु ।

साथै निर्माण युनिटले शेरबहादुर एक हलिउड फिल्मबाट प्रभावित भएको निर्माण युनिटले स्विकार गरेको छ । उक्त भेटघाट कार्यक्रमकाबीच हलिउड फिल्मको नाम उल्लेख नरेता पनि निर्माण युनिटले उक्त फिल्मलाई नेपालीपन दिएको स्विकार गरेको हो ।
कार्यक्रममा यस फिल्मका सह- निर्देशक प्रदीप भट्टराईले हलिउड फिल्मलाई हेरर नेपालमा हलिउड भन्दा पनि राम्रो फिल्म बनेछ भन्ने दर्शकलाई लाग्ने दावी गरे ।

आर राजवंशीद्वारा निर्देशित फिल्ममा सुनिलका अलावा कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको फिल्ममा जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।

शेरबहादुरको आइटम गीत रिलिज (भिडियो)

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!